मिरालाई प्रधानमन्त्रीले भने , “म छुँ रुनु पर्दैन् “

१४ मंसिर २०७४, बिहीबार ०९:०१

मंसिर , १४ उदयपुर ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरमा हिजो भएको बम विष्फोटमा घाईते भएकालाई आज भेटेका छन् । प्रधानमन्त्री देउवाले आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगर घाईतेहरुलाई सान्तवना दिएका हुन् । बिष्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल प्रधानमन्त्रीलाई देख्ने बितिकै रोईन् । उनि रोएपछि सँगै रहेका सबै भावुक बने र एकछिन् माहोल सुनसान भयो । प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै चिन्ता नगर्न आग्रह गरे उनेले आफूले सक्दो सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्कीलगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे समेत जानकारी लिएका छन् । बुधबार उदयपुरगढी गाउँपालिका–६ मा चुनाव प्रचारप्रसारका क्रममा कार्कीलाई लक्षित गरी गराइएको विस्फोटमा परी घाइते भएका कार्कीसहित सात जनाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नराख्न निर्देशन दिएका छन् । विस्फोट हुँदा उम्मेदवार कार्की, कांग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जिप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालीदास श्रेष्ठ पनि घाइते भएका थिए । घाइते कटुवालको एउटा खुट्टा घुँडामुनिबाट काटिएको छ । सबै घाइतेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालका निर्देशक दीपक महराले जानकारी दिएको राससले खवर उल्लेख गरेको छ ।