
मंसिर १२, अछाम । अछाममा नेपाली सेनाको गाडी मंगलबार साँझ साफेबगर–मंगलसेन सडकखन्डको तिमिल्सेनमा पल्टँदा १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बाजुराबाट साफेबगर हुँदै मंगलसेन जाँदै गरेको लु १ ग २७८ नम्बरको सेनाको ट्रक मंगलबार साँझ ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेका बेला ट्रकको ‘ब्रेकफेल’ हुँदा चालकले ट्रक सडक किनारामा पल्टाएको बुझिएको छ ।
घाइतेको प्रहरीले उद्धार गरेर उपचारका लागि बयलपाटा अस्पतालमा पुर्याएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।