
कार्यान्वयनमा मंसिर १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक तथा मानव सिर्जित विपद्लाई न्यूणीकरण गर्न विपद् व्यवस्थापन सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा दिएकी छिन् ।
भौगर्भिक विपद् व्यवस्थापन सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले भनिन्, ‘दक्षिण तराईm मध्य पहाड, उत्तर हिमालको भूबनोटले नेपालको भूभागलाई जति सुन्दर बनाएको छ, विपद्का दृष्टिकोणले त्यत्तिकै जोखिम रहेको कुरालाई ख्याल गरिनुपर्छ ।’
राष्ट्रपतिले विपद् जोखिम रहेको कुरालाई न्यूणिकरण गर्ने ऐनको प्रभावकारी कार्यान्वयनबाट बाढी, पहिरो, भूकम्प, आगलागीजस्ता विपद्मा मानवीय क्षति क मगर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्, ‘दिगो विकासका लागि भूबनोटको वैज्ञानिक व्यवस्थापनमा ध्यान दिनुपर्छ । अहिले पनि भूकम्पपीडितले अस्थायी टहरामा बस्नुपरेको छ, पुर्ननिर्माणको कार्यलाई अझ प्रभावकारी र चुस्त बनाउनुपर्छ ।’
सो अवसरमा राष्ट्रपतिले भूगर्भविद् कृष्णप्रसाद काफ्लेलगायत १२ जनालाई सम्मान गरिन् । नेपाल भौगर्भिक समाजद्वारा आयोजित चार दिने सम्मेलनमा विश्वका ३० भन्दा बढी देशका ४ सय ५० भूगर्भविद्को सहभागिता रहेको छ । तीन दिन सो सम्मेलनमा विशेष गरी विपद् व्यवस्थापन सम्बन्धी दुईसय भन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै विनाशकारी भूकम्पपछिको नेपालको पुनःनिर्माण सम्बन्धी कार्यको समीक्षा समेत हुने बताइएको छ ।
सम्मेलन उद्घाटन सत्रमा समाजका अध्यक्ष डा. कविराज पौडेल, उपाध्यक्ष गणेशनाथ त्रिपाठी, सम्मेलन आयोजक समिति संयोजक डा. रञ्जनकुमार दाहाल, महासचिव डा. कमलाकान्त आचार्यले सम्मेलनका विविध पक्षबारे जानकारी दिएका थिए । –नागरिक दैनिक