
मंसिर १२ ,दाङ ।
मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ मा गराएको बम विष्फोटमा परि ९ सुरक्षाक्रर्मी घाईते भएका छन् । घटनामा परी म्यादी प्रहरीसहित ९ जना घाइते भएका हुन् ।
सो स्थानमा ग्रिनेड बम विष्फोट भएको प्रहरीले बताएको छ । घाइते ४ जनाको नृपालगञ्जमा उपचार जारी छ भने नेपालगञ्ज र बाँकीको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भैरहेको जनाईएको छ ।