मंसिर १२, काठमाण्डौं ।
भ्रष्ट्राचारको आरोपमा निलम्बीत आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ ।
थुनछेक बयानका लागि निलम्बित महानिर्देशक शर्र्माले आज विशेष अदालतमा पुगेर बयान दिएका हुन् । गत जेठ १९ गते शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रण्मा लिएको थियो । अख्तियारले गैर कानुनी रुपमा आफूलाई नियन्त्रणमा लिएको भन्दै शर्माले बन्दी प्रत्यक्षीकरण निवेदन लिएर उनी सर्वोच्च अदालत समक्ष पुगेका थिए । शर्माको पत्नीका तर्फबाट निवेदन दर्ता भएको थियो भने निवेदनमा कर फछ्र्यौट आयोगलाई कानुनी उन्मुक्ति भएको जिकिरसहित मुद्दाको औचित्य नभएको दावी गरिएको थियो ।
सुरुमा सर्वोच्चले कर फछ्र्यौट अख्तियारको क्षेत्राधिकारमा भएरनभएको भन्दै पूर्ण इजलासमा सुनुवाइका लागि पेश र्गयो। तर, सर्वोच्चले अन्तिम फैसलामा उक्त प्रश्न निरुपणको जिम्मा विशेष अदालतकै जिम्मामा छाडेको थियो ।
