
मंसिर ६, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं. १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीचको एकतालाई अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्।
इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई संवोधन गर्दै खनालले एमाले र माओवादी केन्द्रबीचको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका हुन्।
माओवादी र एमालेबीचको एकतालाई लिएर कांग्रेसले नकारात्मक प्रचार गरेको भन्दै खनालले आपती समेत जनाए। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन हुने भन्दै खनालले त्यसपछि मुलुकले समृद्धिको बाटो लिने बताए।
मुलुकको समृद्धिको लागि परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजानु पर्ने खनालको भनाई थियो।