पुत्र वियोगको पीडा भुल्दै प्रचण्ड, निर्वाचन कार्यक्रममा सहभागी हुन चितवनमा

५ मंसिर २०७४, मंगलवार ०९:५३

मंसिर ५ ,चितवन ।
छोरा प्रकाश दाहालको निधनपछि चुनावी कार्यक्रममा भाग लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवनको भरतपुर पुग्नुभएको छ ।

छोरा प्रकाश दाहालको निधन भएको तेस्रो दिन प्रचण्ड भरतपुरमा वाम गठबन्धनले आयोजना गरेको सभामा सहभागी हुन चितवन जानुभएको हो । उहाँले सभालाई भने सम्बोधन गर्नु भएन् । सभालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत माओवादी नेताहरुले सम्बोधन गरेका छन् ।  प्रचण्ड चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनु भएको छ ।