आइसिसी वुमन्स टी–२० वल्र्डकप क्रिकेट खेलमा थाईल्यण्डले नेपाल सामू ९१ रनको लक्ष्य प्रस्तुत

४ मंसिर २०७४, सोमबार ०९:४४

मंसिर ४ ,काठमाण्डौं ।

आयोजक थाईल्यण्डले आइसिसी वुमन्स टी–२० वल्र्डकप क्रिकेट प्रतयोगिता अन्र्तगतको खेलमा नेपाल सामू ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एसिया कप क्वालिफायर अन्तर्गत आज भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै ९० रन मात्र जोड्न सफल भएको थियो । थाइल्याण्डकी नारुमोल चाइवाईले नटआउट २३ रन बनाइन्न् भने त्यस्तै, ओपनर नाटाकम चन्तमले १८ तथा स्वर्णामी टिपोचले १५ रन जोडिन्। थाइल्याण्डका दुई खेलाडी रनआउट भएका थिए । नेपालका लागि सरिता मगरले २ विकेट लिइन् भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १ विकेट लिन सफल भए ।