नेपाली कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छ-नेता निधि

३ मंसिर २०७४, आईतवार ०९:४५

मंसिर ३, काठमाण्डौ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ ।

आज जनकपुरमा रौनियार सेवा समितिद्वारा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार निधिले राणा शासनकालदेखि हालसम्म नागरिक अधिकार बहालीका लागि संघर्ष गर्दै आएकाले कांग्रेस उम्मेदवारलाई विजयी बनाउन आग्रह समेत गर्नुभयो । जनकपुर शुरुदेखि नै क्रान्ति र आन्दोलनको भूमि भएको हो भन्दै निधिले कांग्रेसले नै संविधान संशोधन प्रस्ताव अगाडि बढाएपछि निर्वाचन सम्भव भएको बताउनुभयो ।