
मंसिर ३, काठमाण्डौ ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशलाई नर्भिक अस्पतालले मृत अवस्थामा अस्पताल पुराईएको बताएको छ । आज अपराहन्न अस्पतालले गरेको पत्रकारहरुलाई अस्पतालले दिएको जानकारी अनुसार अस्पताल ल्याउनुभन्दा ३ घन्टाअघि नै उनको मृत्यु भइसकेको वताएको छ
बिहान ५ः५० बजे अस्पताल पुराईएका प्रकाश दाहालको शरिर अस्पताल पुग्दा चिसो र कडा भईसकेको समेत अस्पतालले जनाएको छ । नर्भिक अस्पतालका हृदयरोग विशेषज्ञ डाक्टर यादवदेव भट्टका अनुसार प्रकाश दाहालको आकस्मिक हृदयघात भएको वताईएको छ । भट्टका अनुसार प्रकाशलाई दुई जना सुरक्षा गार्डले अस्पताल पुराएपछि लगतै इसीजी गर्न खोज्दा उनको मृत्यु भइसकेको भट्टले बताएका छन् । बिहान ६ बजे नै मृत घोषणा गरिसकेको प्रकाशको अवस्थाको बारोमा केहिबेर अघि पत्रकार सम्मेलनबाट त्यसको पुष्टि गरिएको हो ।
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई हेलिकप्टरबाट काठमाडौं आए
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई राजनीतिक समकक्षी पुष्पकमल दाहाललाई समवेदना तथा उनका पुत्र प्रकाशलाई श्रद्धाञ्जलीका लागि काठमाडौं आएका छन्। गोरखामा चुनावी प्रचारमा जुटेका भट्टराई हेलिकप्टरबाट काठमाडौं आएका हुन्।नेकपा माओवादी छाडेर नयाँ शक्तिमा सक्रिय रहेका भट्टराई नेपाली कांग्रेससँगको सहकार्यमा चुनावी मैदानमा छन् भने प्रचण्डको प्रतिनिधित्व गर्दै नारायणकाजी श्रेष्ठ भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन्।
प्रचण्ड र बाबुरामले एकअर्कालाई अंकमाल गरेर रोए
चुनावी प्रचारमा गोर्खामा रहेका नयाँ शक्ति पाट्रीका संयोजक प्रकाश दाहालको निधन सुनेसंगै काठमाण्डौं हानिएका नेता डा.बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि सरासर पाट्री अध्यक्षको कार्यकक्ष तर्फ लागे । प्रचण्डको कार्यकक्षमा प्रवेश गरे । जसै दुई नेताबीच भेट भयो । आशुको धारा बग्न थाल्यो । प्रचण्ड र बाबुरामले एकअर्कालाई अंकमाल गरेर रोए । दुईबीच आँखा जुभाजुध भएलगतै अंकमाल गरि रुन शुरु भएको हो । प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा नजिकै उभिएका थिए ।
राष्ट्रपतिद्वारा ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको आकस्मिक निधन भएकामा दुःख व्यक्त
विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको हो। समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी थिए।
‘शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना -भारतीय विदेश मन्त्री सुष्मा स्वराज
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको निधनमा दुःख व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले दाहालको असामयिक निधनले आफू दुखित भएको बताएकी छन्। ‘शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना छ,’ स्वराजले लेखेकी छन्। दाहाल पुत्र प्रकाशको हृदयघातका कारण आइतबार बिहान निधन भएको थियो।
चुनावी कार्यक्रम नरोक्न अध्यक्ष प्रचण्डको निर्देशन
ओवादी केन्द्रका नेता एवम् आफ्ना छोरा प्रकाश दाहालको निधनमा विभिन्न जिल्लाका चुनावी कार्यक्रम स्थगित भएको खबर आउन थालेपछि अध्यक्ष प्रचण्डले त्यस्ता कार्यक्रमहरु नरोक्न निर्देशन दिएका छन् । पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न अध्यक्ष प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएका हुन्। प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि विभिन्न जिल्लामा रहेका माओवादी नेताहरु कार्यक्रम स्थगित गरेका छन्।
छोराको मृत्युपछि प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या
मृत्युपछि शोकमा डुबेकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको छ। श्रीमानको मृत्युको खबर सुनेर छोरासहित अस्पताल पुगेकी प्रकाशकी पत्नी सिर्जना त्रिपाठी अचेत भएपछि उनको पनि नर्भिककै आकस्मिक कक्षमा स्लाइन दिई उपचार भइरहेको अस्पतालले जनाएको छ।
प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि
आकस्मिक हृदयाघातका कारण निधन भएका प्रकाश दाहालको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैं छ । माओवादी मूख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि शवयात्रा आर्यघाटतर्फ लगिएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको शवयात्रामा आफन्तजन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी हजारौं सहभागी थिए। दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैं छ । यसअघि प्रकाशको पार्थिव शरीर माओवादी मूख्यालयमा राखिएको थियो । त्यहाँ माओवादी केन्द्रका साथै अरु राजनीतिक दलका नेता कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धाञ्जली दिएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन, विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि श्रद्धाञ्जलीका लागि माओवादी कार्यालय, कोटेश्वर पुगेका थिए ।