होचा कलाकार ‘दिपेन शाह’ को निधन

३० कार्तिक २०७४, बिहीबार ०६:४८

कात्तिक ३०, काठमाडौं । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ ।

उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।  नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए ।धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

 

पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए ।  शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् । उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।