कात्तिक २७, काठमाडौं । सरकारले अरुण तेस्रो र माथिल्लो कर्णालीका लागि लगानी जुटाउने म्याद थप गरेको छ ।
लगानी बोर्डले अरुण तेस्रोको निर्माण गर्न जिम्मा पाएको सतलज र माथिल्लो कर्णाली जीएमआरलाई लगानी जुटाउने म्याद थप गरेको हो । बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतमा सोमबार राजधानीमा बसेको बैठकले यी दुई भारतीय कम्पनीलाई लगानी जुटाउन थप समय दिने निर्णय गरेको हो । बोर्डले अरुण तेस्रोमा थप ६ महिना लगानी जुटाउन सतलजलाई समय दिएको छ ।
जीएमआरलाई फाइनान्सिएल क्लोजर गर्ने म्याद एक वर्ष थप गर्ने निर्णय बोर्डले गरेको हो । यसैगरी, बैठकले काठमाडौं उपत्यकामा मेट्रो रेल सन्चालनका लागि विस्तृत् परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने निर्णय पनि गरेको छ । बैठकले डीपीआर अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको बोर्डले जनाएको छ ।