इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला

२६ कार्तिक २०७४, आईतवार ०३:१९

कात्तिक २६, काठमाडौं। इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ ।

इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा उक्त चिहान फेला पारेको हो । गत महिना अघिसम्म उक्त क्षेत्र इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा थियो ।   चिहानमा आईएसले हत्या गर्नुअघि लगाइदिने गरेका पोशाक लगाएका शव समेत फेला परेका छन् ।

किरकुक प्रान्तका गभर्नर रकानले उक्त क्षेत्रलाई आईएसले हत्या गर्ने मैदानको रुपमा परिणत गराएको बताउनुभयो ।  इराकी सेनाले आईएसको नियन्त्रणमा रहिसकेका विभिन्न ७२ वटा सामुहिक चिहानबाट करिब १५ हजार शव फेला पारिसकेको छ ।(एजेन्सी)