ग्लोबल आइएमई बैंकको एघारौँ साधारण सभा सम्पन्न

२३ कार्तिक २०७४, बिहीबार १३:२३

कात्तिक २३, काठमाडौं । ग्लोबल आइएमई बैंकको एघारौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आ.व. २०७३÷०७४ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश (१० प्रतिशत बोनस र १० प्रतिशत नगद) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताब पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रु।८ अर्ब ८८ करोड पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

२०७४ असोज मसान्तसम्म १ खर्व ४ अर्व ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।