कात्तिक १९, रुपन्देही । बुद्धसँग सम्बन्धित यहाँका ३० भन्दा बढी पुरातात्विक स्थल अतिक्रमण भएसँगै अस्तित्वसमेत लोप हुन लागेका छन् ।
पुरातत्व विभाग र लुम्बिनी विकास कोषले प्रमाणित गरेका कपिलवस्तुका १ सय ४ वटा पुरातात्किस्थलमध्ये ६८ वटा व्यक्तिको निजी जग्गामा फेला परेका छन् । निजी जग्गामा भएका पुरातात्विक संरचनाको महत्व जग्गाधनीले नबुझ्दा ती स्थल नष्ट गर्ने र भत्काउनेसते गरिएको खबर आजको गोरखापत्रमा छापिएको छ ।
