त्रिविलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड ल्याइने

१९ कार्तिक २०७४, आईतवार ०१:३०

कात्तिक १९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सबै सम्बन्धन प्राप्त क्याम्पसमा स्मार्ट बोर्डबट पठन–पाठन सुरु गराउने भएको छ । त्रिविले ६० वटा आंगिक क्याम्पसमा नमुना स्मार्टबोर्ड राख्न बजेट विनियोजनसमेत गरिसकेको समाचार आजको नेपाल समाचारपत्रमा छ ।

स्मार्टबोर्ड राखेपछि शिक्षकले पढाएको विषय विद्यार्थीले पेनड्राइभ वा सिडिमा कपी गर्न पाउनेछन् । स्मार्ट बोर्डमा शिक्षकले पढाएपछि आफूले विद्यार्थीमा सूचना प्रविधिप्रति रुचि बढ्ने त्रिविले विश्वास लिएको छ ।

इलेक्ट्रोनिक सेतो स्मार्टबोर्डमा साधारण मार्कर प्रयोग गर्न सकिन्छ । शिक्षकले लेखेको विषय शिक्षकले सामान्य डस्टरले मेट्न पाउने र मेटाएको सबै विषय मेमोरी कार्डमा स्टोर हुने व्यवस्था छ । यसरी मेमोरी कार्डमा स्टोर हुने भएकाले चाहेको बेला मेटाएको विषय हेर्न पाइनेछ ।