उम्मेदवारमाथि परेका उजुरीमाथि आज छानबिन हुँदै, अन्तिम नामावली भोली प्रकाशित गर्ने

१८ कार्तिक २०७४, शनिबार ०७:११

कात्तिक १८, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुमाथि परेको उजुरीको आज छानबिन गरिरहेको छ ।

 

उम्मेदवारी दिएका सात जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । ती उजुरीमाथि छानबिन गरी आयोगले उम्मेदवारहरुको अन्तिम नामावली भोली(आइतबार) प्रकाशित गर्ने भएको छ ।

आयोगले भोलि नै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने छ । यसैबीच आयोगले उम्मेदवारी दर्ता गराएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे भोलिकै लागि समय समेत तोकेको छ ।

निर्वाचन आयोगका अनुसार १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १७४२ उम्मेदवारी परेको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २९६६ जना मैदानमा खडा भएका छन् ।