११ दिने एसिया भ्रमणमा रहेका ट्रम्प जापानमा

२० कार्तिक २०७४, सोमबार ०१:३५

कात्तिक २०, टोकियो । ११ दिने एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार जापानमा पुगेका छन् ।

राष्ट्रपति ट्रम्प अमेरिकी सैनिक शिविर युएस योकोता एयर बेसुमा अवतरण भएपछि त्यहाँका सैनिकलाई सम्बोधन गरेका थिए ।

यो भ्रमणले दुई देशबीच अझ सुदृढ सम्बन्ध कायम गर्ने विश्वास आफूले लिएको उक्त सम्बोधनमा राष्ट्रपति ट्रम्पले बताएका आजको सौर्य दैनिकमा खबर छ ।

राष्ट्रपति ट्रम्पको ११ दिने लामो एसिया भ्रमणको पहिलो देशका रुपमा जापान आइपुगेका हुन् । त्यहाँ उनले प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता तथा आबेले गर्ने रात्रीभोजमा सामेल हुने बताइएको छ ।