भोट हाल्न गाँउ फर्कनेको लर्को

८ मंसिर २०७४, शुक्रबार ०९:१७

शिखा श्रेष्ठ
मंसिर,८ धादिङ ।
आउँदो १० गते पहिलो चरणको निर्वाचनको मिति नजिकिदै जाँदा कामको सिलसिलामा राजधानी बसेका हुन् या अन्यत्र गएका नै किन नहुन् ।

आउँदो १० गते पहिलो चरणको निर्वाचनको मिति नजिकिदै जाँदा कामको सिलसिलामा राजधानी बसेका हुन् या अन्यत्र गएका नै किन नहुन् । निर्वाचन मार्फत जनप्रतिनीधि चुन्न गाउँ फर्केका छन् ।

ति मध्य राजधानीसंगै जोडिएको जिल्ला धादिङमा पनि मतदान गर्नकै लागी मानिसहरु धमाधम घर फर्केको स्थानीय पत्रकार शिखा श्रेष्ठले जानकारी गराएकी छिन् । त्यसो त २०७२ साल बैशाख १२ गतेको बिनाशकारी भूकम्पले बस्ती नै जोखिममा परेपछि सदरमुकाम आसपासको शिविरमा बस्दै आइरहका पीडितहरु समेत जनप्रतिनीधि छान्ने आशामा गाउँघर फर्केका छन् । यससंगै गाउँमा एकातिर चुनावी रौनकता थपेको छ भने माहोल पनि तात्दै गएको छ ।

उत्तरी धादिङको विभिन्न क्षेत्रमा रहेकाहरु हुलका हुल मोटर भाडामै लिएर भोट हाल्न गाउँ फर्कीरहेका छन् । भोट हाल्न गाउँ फर्कर्नेहरुको आफनै आवश्यकताहरु रहेको देखिन्छ । कोही भूकम्पले थातथलो गुमाएकालाई राहात दिनेलाई भोट गर्छु भन्छन् त कोही यातायातको साधनको व्यवस्था गरिदीनेलाई मतदिने बताईरहेका छन् । स्वास्थ्य,खानेपानी र रोजगार नै धादिङबासीहरुको माग रहेको देखिन्छ । विविध समस्यामा छट्पटाईरहेका जनताहरुको आवश्यक्तालाई मनन गरेर अघि वढ्न सक्ने नेताहरुलाई नै आफूहरुले चुन्ने स्थानीयहर सुनाउँछन् ।

नेता तथा कार्यकर्ता चुनावको लागि भनेर गाउँको कुनाकुना पुगेका छन् । भूकम्पले ढलेका घर उठाउने, विस्थापितलाई पुनर्वास गर्ने लगायतका प्रतिबद्धता लिएर राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु शिविरमा नै पुगेका छन् । हेरौं जनताको वर्षौको आवश्यक्तालाई नेताचहरुले कति पो पूरा गर्ने हुन् ।