बाढीपीडितलाई खानेपानीको समस्या

१३ मंसिर २०७४, बुधबार ०२:२६

मंसिर १३, काठमाडौं । चार वर्षअघिको बाढीबाट विस्थापित भएर बाँकेको राप्ती सोनारी २ नयाँबस्तीमा बसोबास गरिरहेका ६० परिवारलाई खानेपानीको समस्या रहेको छ । सो बस्तीमा एउटा मात्र कुवा भएपनि स्थानीयलाई ३ किलोमिटर टाढा पुगेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ ।

हिउँदोको समय गाउँमा भएको एकमात्र कुवामा पानी सुक्ने भएकाले स्थानीयले ४ वर्षदेखि सास्ती भोग्दै आएका छन् । खानेपानीको जोहो गर्न नजिककैका दुई गाँउमा आधादेखि १ घण्टा हिड्नुपर्ने बाध्यता छ ।
उनीहरुले नजिकैको गाउँमा स्थानीय निजी हातेपम्पलाई प्रतिपरिवार मासिक ५० रुपैयाँ तिरेर खानेपानी उपभोग गरिरहेका छन् । स्थानीय तहको निर्वाचनको समयमा र अहिले पनि सो बस्तीका मतदाताले तत्काल खानेपानीको व्यवस्थ ागर्न उम्मेद्वार र दलका प्रतिनिधिसँग माग गरेको उनीहरुले बताउका छन् ।
कुवाको पानीलाई अन्य घरायसी काममा प्रयोग गर्ने भएकाले पिउने पानीका लागि उनीहरुलाई साँझा÷विहान एक घण्टासम्म हिड्नुपर्ने बाध्यता भएको हो । स्थानीयले पटकपटक विभिन्न निकायमा खानेपानी माग गरेपनि वेवास्ता भएको जनाएका छन् । स्थानीय निर्वाचनको बेला खानेपानी समस्या समाधान गछौं भनेर आश्वासन दिएको जनप्रतिनिधिले आफ्नो वाचा विर्सिएको स्थानीयहरु बताउँछन् । स्थानीय जीवन थारुले आफ्नै लगानीमा हाते पम्प राख् न खोजे पनि पानी नआएकाले सास्ती भोग्नुपरेको बताए ।

“यहाँ पानी आउँछ कि भनेर पटकपटक बोरिङ राख्ने प्रयास ग¥यौ । जंगल क्षेत्र नजिकै भएकाले पानी आएन।” उनले भने, “ बाढीबाट पीडित भई यहाँ बस्न थालेको चार वषौंदेखि पानीका लागि सास्ती भोग्दै आएका छौं । ” – कारोबार दैनिक