काँग्रेस नेता महतमाथी बम प्रहार,चार घाइते

१ मंसिर २०७४, शुक्रबार ०५:३७

मंसिर १, नुवाकोट ।

नेपाली कांग्रेसका नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ । ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा केहीबेरअघि बम प्रहार गरिएको हो । बम प्रहार हुँदा कांग्रेसका कार्यकर्ता उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्ती मगर गम्भीर घाइते भएको प्रमुखु जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए ।

चुनावी प्रचारमा प्रयोग गरिएको बा १६ च ६६५ को जीपमा पूर्णरुपमा क्षति पुगेको छ । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।