आइफोन ८ तथा आइफोन ८ प्लस अब नेपालमै पाईने

२ मंसिर २०७४, शनिबार ०५:०४

मंसिर २, काठडमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले नेपालमा वर्षौैंदेखि बजारमा एप्पलका उत्पादनहरू बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरू (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस यही नोभेम्बर १७ तारिख अर्थात् मंसिर १ गतेदेखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।

आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रेकलर अप्सनमा आउने कम्पनीले जनाएको छ ।
सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरूमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरूबाट मात्र खरिद गर्न कम्पनी ग्राहकहरूलाई अनुरोध गर्छ । हामी ग्राहकहरूलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गर्छौं । हाम्रा आधिकारिक डिलरहरू इभो स्टोर, ओलीज, फ्युचर वल्र्ड, आइस्टोर (राइजिङ मल) सीजी स्टोर (नक्साल) क्वालिटी कम्प्युटर (बिर्तामोड), कम्प्युटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोबाइल हाउस (नारायणगढ) बाट मात्र खरिद गर्नुहोस् र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न नभुल्नुहोला । ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरू आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले वेबसाइटमा गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।