सर्वोच्च अदालत परिसरमा बमको हल्लासंगै जनजीवन त्रसित, हल्ला निराधार

५ मंसिर २०७४, मंगलवार ०७:३६

मंसिर ५, काठमाण्डौं ।
राजधानीको मुटु मानिने सिंहदरवार परिसरमा नै बम भएको हल्ला चलेसंगै जनजीवन आतंकित बन्न पुगेको छ । हल्लासंगै न्यायाधीशको भागाभाग भएको छ ।


सर्वोच्च अदालत अगाडि बम भएको आशंकमा प्रहरीले खोजी कार्य शुरु गरेको छ । आज दिउँसो साढे १२ बजेतिर सर्वोच्च अदालतको सचिवालयमा तीन वटा बम रहेको भन्दै अज्ञात नम्वरबाट कल आएपछि प्रहरीले खोजी कार्य थालेको हा । प्रहरीले अदालत परिसरमा कुकुरबाट सर्च गर्दैछ । फोन कसले गरेको भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ ।

सर्वोच्च अदालतमा बम भएको हल्ला निराधार
आज दिउँसो सर्वोच्च अदालत परिसरमा बम राखिएको भन्ने हल्ला निराधार भएको पुष्टि भएको छ । अज्ञात व्यक्तिले फोन मार्फत सहरजिष्टार नारायण पन्थीलाई सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेसंगै सो क्षेत्रको जनजीवन आतंकीत भएको थियो । निर्वाचनको माहोलमा उक्त फोनपछि सर्वोच्च अदालत इजलास स्थगित गराईएको थियो । बम राखिएको भन्ने हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्वोच्चमा पुगेको थियो । सुरक्षाकर्मीले खानतलासी कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । फोन गरेर बम राखिएको जानकारी दिने व्यक्तिको प्रहरीले खोजी सुरु गरेको छ ।