रोजगारीको सिलसिलामा साउदीमा रहेका एक नेपालीको मृत्यु

मंसिर ५, काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ ।

 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।  रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए । खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ ।

मृतक परियारका श्रीमती र चार छोरा छन् । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए । (रासस)


प्रकाशित | २०७४ मंसिर ६ प्रकाशित ०४:३९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ