‘मिस युनिभर्स’ मा पुगेकी नग्मा श्रेष्ठले भोट गर्न सबैमा आग्रह

मंसिर ६, काठमाडौं । नेपाललाई पहिलोपटक प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ मा पुगेकी नग्मा श्रेष्ठले आफुलाई भोट गर्न सबैमा आग्रह गरेकी छिन् ।

उनी हाल अमेरिकाको लस भेगासमा भइरहेको मिस युनिभर्समा पहिलो पटक नेपालको तर्फबाट सहभागी भएकी हुन् । उनी भन्छिन्‘ पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको छु । मिस नेपाल युनिभर्स घोषणा भएसंगै मैले आफुलाई तयार गर्न विभिन्न प्रशिक्षण पनि लिई रहेको छु । तर मेरो यी सबै मेहनेतलाई सफल पार्न तपाइको भोट पनि अमुल्य छ ।’ मिस युनिभर्समा आफुलाई बिभिन्न राउण्डको लागी तयार गरिरहेकी नग्माले मेहनतलाई सफल बनाउन भोटको निकै आवश्यक परेको बताइन् । भोट गत नोभेम्बर २० देखि नै गर्न पाइनेछ ।

उनलाई आफ्नो जिमेल एकाउन्ट लग इन गरेर दिनमा १० भोट सम्म गर्न पाइनेछ । साथै उनलाई ट्वीटर मार्फत पनि भोट गर्न पाइने छ ।  नग्माले नोभेम्बर २६ मा हुने फिनालेमा आफ्नो देशको सस्कृति झल्किने भेष भुषामा आफुलाई प्रस्तुत गर्नेछिन् ।

योलिंक मार्फत भोट गर्न सकिनेछ

https://missuniverse.votenow.tv


प्रकाशित | २०७४ मंसिर ६ प्रकाशित ०५:४०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ