भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने प्रधानमन्त्री देउवाको दाबी

५ मंसिर २०७४, मंगलवार ०१:३६

मंसिर ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गते हुने निर्वाच नभयरहित वातावरणमा जनताले आफुले रोजेको उम्मेद्वारलाई मतदान गर्नसक्ने गरी सुरक्षा प्रबन्ध मिलाउने दाबी गरेका छन् ।

गृहमन्त्रालयद्वारा सोमबार आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७४ अन्र्तगत प्रदेश नं. ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले मतदान बिथोल्न खोज्ने अन्र्तराष्ट्रिय तत्वलाई असफल बनाउने बताउँदै उनले भने–‘जनतालाई सुरक्षा प्रत्यभूति दिएर निर्धक्करुपमा मतदान गर्ने वातावारण सरकारले बनाउँछ ।’

सरक्षा गोष्ठीमा गृहसचिव मोहनकृष्ण सापकोटाले भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको थियो । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले मध्य क्षेत्रका सबै जिल्लाको सुरक्षा व्यवस्थाको अवस्था र निर्वाचन सुरक्षाका लागि तयार गरेका योजना बारेमा जानकारी गराएको थियो ।

सहभागीले प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायको प्रमुखले समग्रमा विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा मुख्य चुनौती रहेको अवगत गराउँदै चुनौतीलाई समाधान गर्न सुरक्षा रणनीतिको सतर्कता अपनाईने जानकारी दिएको थियो । प्रदेश नं. ३ अन्र्तगत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला रहेका छन् । –नेपाल समाचारपत्र