बाम गठबन्धनकै कारण नेपाली काँग्रेस छट्पटाई सक्यो : नेता टोप बहादुर रायमाझी

२० कार्तिक २०७४, सोमबार १३:३५

मन्जिल कन्दङ्वा
(प्रशिक्षार्थी पत्रकार)
कात्तिक २०, काठमाडौं । नेकपा (एमाले) अर्घाखाँची –काठमाडौं सम्पर्क मञ्च र नेकपा (माओवादी केन्द्र) अर्घाखाँची–काठमाडौं जनसम्पर्क मञ्चद्वारा आईताबार राजधानीमा बाम संयुक्त भेला सम्पन्न गरेको छ ।

‘बाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन तथा उम्मेद्वार परिचाय गरिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक चेतन नारायण आचार्यले जानकारी दिए । उनी प्रदेश न.५का प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । अर्घाखाँचीका माओवादी केन्द्रका प्रभावशाली नेता टोप बहादुर रायमाझी प्रमुख अतिथि रहेको सो कार्यक्रममा बोल्दै ‘बाम गठबन्धनकै कारण नेपाली काङगे्रस छटपटाई रहेको उल्लेख गरे । उनले नेपाली काङग्रेसले हालसम्म समृद्व राष्ट्रकोे लागि केही गर्न नसकिएको आरोप लगाए । एकअर्कासंग पूर्वग्राही नराखी बाम उम्मेद्वारहरुलाई विजयी बनाउन समेत सबैलाई आग्रह गरे ।

त्यस्तै विशेष अतिथि तथा बाम गठबन्धनकै प्रदेश न.५का क्षेत्र न.२ का प्रत्यक्षतर्फका उम्मेदवार रामजी घिमिरेले ,‘बाम गठबन्धन र पार्टी एकताको घोषणापछि नेपालको राजनितिमा ठूलो तरङ्ग उत्पन्न र अन्तराष्ट्रिय स्तरमा पनि चर्चाको बिषय बनेको बताए । कार्यक्रमको अध्यक्षता गरेका आचार्यले, चुनाव जितेर गएपछि मालिक हैन देशको सच्चा सेवक बन्ने पनि विश्वास दिलाउने उल्लेख गरे ।