कञ्चनपुरमा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा

मंसिर ७, कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. ३ का वाम गठबन्धन र नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारले दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउने चुनावी एजेण्डा बनाएका छन् ।

वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. दीपक प्रकाश भट्टले स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल बनाउने एजेण्डा अघि सारेको हो । वाम गठबन्धनको सबै स्थानीय तहमा ५० शैयाको अस्पताल बनाउने चुनावी एजेण्डा छ ।
काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश लेखकले पनि स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने चुनावी एजेण्डा अघि सरेको छ । उनले २०५६ देखि निरन्तर यस क्षेत्रको सांसद रहँदै आएको छ । पचास हजार जनसंख्या रहेको दोधारा चाँदनी अहिले माहाकाली नगरपालिका बनेको छ । यहाँ २२ हजार ३१५ मतदाता छन् । कञ्चनपुर क्षेत्र नं ३ को जितमा माहाकाली निर्णायक हुने भएकाले दुवै उम्मेदवारमा मत तान्ने प्रतिस्पर्धा बढेको छ ।

 

उम्मेदवार लेखकले स्वास्थ्य केन्द्रको स्तरोन्नतिबाहेक महाकाली पुल, सुख्खा बन्दरगाह र नदी नियन्त्रणलाई पनि चुनावी एजेण्डा बताए । अर्का उम्मेदवार भट्टले महाकालीमा पुल, सुख्खा बन्दरगाह, तटबन्ध निर्माणसहित दोधारा चाँदनीमा माला आकारको चक्रपथ निर्माण, सिँचाइ सुविधा, विद्युतीकरण, सडक कालोपत्रे, प्राविधिक शिक्षालय स्थापनालगायतका चुनावी एजेण्डा बनाएको छ ।


प्रकाशित | २०७४ मंसिर ७ प्रकाशित ०३:०७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ