नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा निर्वाचन सामग्री

२३ कार्तिक २०७४, बिहीबार १३:१२

कात्तिक २३, काठमाडौं । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा निर्वाचन सामग्री पुर्याइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतपत्र, थपिएका मतदाताको परिचयपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्ट्याम्प प्याड, मसीलगायत ६४ प्रकारका सामग्री जिल्ला आइपुगेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी क्षेत्रदास वैरागीले जानकारी दिए ।

जिल्लामा नौ हजार ४२७ मतदाता छन् । निर्वाचनका लागि ३७ मतदान केन्द्र कायम गरिएको छ । रासस