धरानमा मोटरसाईकल दुर्घटनामा दम्पतीको मृत्यु

मंसिर ११ , धरान ।
सडक दुर्घटनाका कारण खानेपानी संस्थानका एक सुव्ववाको ज्यान गएको छ ।

सुनसरीको धरानमा आज भएको सवारी दुर्घटनामा मुन्धुमविद् समेत रहेका भरत सुब्बा र उनकी श्रीमती टीकादेवी सुब्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुव्वा दम्पती चढेको को.४. प ६३१७ नम्बरको मोटरसाइकललाई धरानको तीनकुने सडकखण्डमा को.१.झ २७१४ नम्बरको पिकअप भ्यानले पछाडिबाट ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । चालक धनकुटा, हिलेका हिरालाल मगरलाई पक्राउ गरिएको धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । धरान उपमहानगरपालिका वडा नम्बर–१६ घर भएका सुब्बा लिम्बू भाषा संस्कृतिका ज्ञातासमेत हुनुहुन्थ्यो ।


प्रकाशित | २०७४ मंसिर ११ प्रकाशित १०:१०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ