घुस लिँदालिँदै पक्राउ परेका नासुविरुद्ध मुद्दा दायर

मंसिर १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु ईश्वरीप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नासु भट्टराई जग्गा रजिष्ट्रेशन पास गरी जग्गाधनी प्रमाणपत्र पूर्जा दिने क्रममा सेवाग्राहीसँग रु ५ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा नासु दाहालले भ्रष्टाचारजन्य गतिविधि गरेको ठहरसहित हदैसम्मको कारबाही र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । रासस


प्रकाशित | २०७४ मंसिर १ प्रकाशित १३:०९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ