खोटाङमा नमुना मतदानमा ५ प्रतिशत मत बदर

२९ कार्तिक २०७४, बुधबार ०९:२५

कार्तिक, २९ खोटाङ ।
पहिलो चरणमा आगामी मंसिर १० हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा भएको नमुना मतदानमा ५ प्रतिशत मत बदर भएको छ । सदरमुकाम दिक्तेलस्थित हाटडाँडामा बुधबार जिल्ला निर्वाचन कार्यालयले गरेको नमुना मतदानकाक्रममा ५ प्रतिशत मत बदर भएको हो । मतदानकाक्रममा सर्वसाधारणलाई स्वस्तिक चिह्न छाप लगाउन र मतपत्र पट्याएर मतपेटिकामा खसाल्ने विधिलगायतका विषयमा जानकारी गराइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । मतदाता शिक्षाका लागि कात्तिक २५ गतेदेखि स्वयंसेवक खटाएको निर्वाचन कार्यालयले मतदातामा देखिएको अलमल हटाउनका लागि नमुना मतदान गरेको हो । मतदान कार्यक्रममा ६८ जना सर्वसाधारणले मतदान गरेका थिए ।