काठमाण्डौं क्षेत्र नंम्बर १ मा सिंह र शर्माकाबीच कहाँ पुग्ला मिश्रको राजनीतिक भविष्य ?

११ मंसिर २०७४, सोमबार ०८:४७

शशिशेखर घिमिरे
मंसिर,११ काठमाण्डौ ।

निर्वाचन जतिजति नजिकिदो छ, उत्ति नै चुनावी माहोल बढ्दै गएको छ ।

पहिलो चरणमा उच्च हिमाली र पहाडी गरि ३२ जिल्लामा छिटफुट घटना बाहेक निर्वाचन शान्तपूर्ण ढंगले सम्पन्न भएको छ । अव वाँकि जिल्लाहरुमा आउदो मंसिर २१ गते निर्वाचन हुदैछ । यसै अन्र्तगत हुने निर्वाचनको लागी यतिखेर घरदैलो अभियान चलिरहेको छ । यसै अन्र्तगत नेपाली कांग्रेस काठमाडौंका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिर्दै आएका छन् । नेपाली काँग्रेसबाट यसअघि पनि चुनाव जितीसकेका कँग्रेसभित्रकै चर्चित अनुहार प्रकाशमान सिंह रुख चिन्हबाट चुनाव लडीरहेका छन् भने बामगठवन्धनबाट अनिल शर्माको उम्मेद्वारी परेको छ । त्यसैगरि बिबेकशिल साझापाट्र्रीका तर्फबाट लामा समय बिबिसी नेपाली सेवामा काम गरेको रबिन्द्र मिश्रको उमेदवारी रहेको छ । मूलत यी तिनै नेताहरुबीच नै एकआपसमा चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई आकर्षित पार्न उम्मेदवारहरु यतिखेर आफनो निर्वाचन क्षेत्रमा अहोरात्र खटिरहेका छन् । घरदैलो अभियानलाई तिव्रता दिईरहेका छन् । उनीहरुले मतदातालाई विभिन्न आश्वासनसमेत दिँदै आएका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार प्रकाशमान सिंह आज पुरानो बानेश्वर भीमसेनगोला क्षेत्रमा घरदैलो अभियानमा पुग्दा मतदाताहरुले सडक सुधारकै माग गरे । खानेपानीकै माग गरे ।

चुनाव जित्ने आशाका साथ जनताको घरदैलोमा पुगेका नेता सिंहले लोकतान्त्रिक शक्तिहरु एकजुट भएकाले जित सुनिश्चित भएको भन्दै आगामी निर्वाचनपछि पनि लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने दाबी गरे । लोकतान्त्रिक शक्तिको विकल्प नखोज्न मतदातालाई सिंहले आग्रह गरे । मतदाताका आवश्यकतालाई सम्वोधन गर्ने आश्वसन दिए । समस्या समाधान गर्न आफूहरु प्रतिबद्ध रहेको भन्दै मत दिन प्रकाशमान सिंहको मतदातालाई अनुरोध थियो । त्यसो त नेपाली कांग्रेससंगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विवेकशील साझा पार्टी, राप्रपालगायतका दलका उम्मेदवारले पनि काठमाडौंमा घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

बिबेकशिल साझा पाट्रीका तर्फबाट रबिन्द्र मिश्रको उम्मेदवारीले पनि काठमाण्डौं क्षेत्र नंम्वर १ एकातिर त्तातेको छ भने अर्कोतिर यतिेखर चुनावी विषयमा यहि क्षेत्रको चर्चा धेरै हुने गरेको छ ।

त्यसो त बामगठवन्धनवाट युवा अनुहार अनिल शर्माको उम्मेदवारी परेको छ ।

यसअर्थमा पनि काठमाण्डौंका जनताले सारमा विकास र परिवर्तनको ढोका उघार्ने नेताहरुलाई नै आफूले मतदान गर्ने बताउदै आएका छन् । त्यसो त नेपाली राजनीतिको शान्त तलाउमा यसअघि नै केहि तरंग सिर्जना गरिसकेको साझा पाटी र बिबेकशील पाट्री जसै एक भयो त्यसै यी पाट्रीहरुले पनि आउँदो निर्वाचनमा ठूलै हलचल ल्याउने आँकलन एकाथरि मतदाताको रहेको छ । तराजु चिनह लिएर राजनीतिक मैदानमा उदायका मिश्रहरुको विकास प्रतिको चाहाना र सेव गर्ने सोचलाई मतदाताहरुले कसरी जोख्लान् अनि कतिको बिश्वास गरिदेलान् ।

यसकोलागि भने मंसिर २१ कुर्नुको बिकल्प छैन् ।