एनआईसी एशिया बैंकको जुम्लामा नयाँ शाखा

२७ कार्तिक २०७४, सोमबार ०६:२४

कात्तिक २७, काठमाडौं । एन आई सी एशिया बैंकले महोत्तरी र जुम्लामा नयाँ शाखा खोलेको छ ।

चन्दननाथ नगरपालिका वडा नं. ०५, जुम्ला र बर्दिबास नगरपालिका वडा नं ०१, महोत्तरीमा शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ ।
जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष राम दत्त रावल र महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीले आ आफ्नो जिल्लाका शाखा उद्घाटन गरेका थिए ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।