उपत्यकामा एकैदिन १९ सय १५ सवारी चालक कारवाहीमा

मंसिर १२, कामठाडौं । सोमबार सवारी नियम उल्लंघन गर्ने १९ सय १५ चालकलाई कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ती सबैलाई सोमबार सवारी नियमसम्बन्धी विभिन्न कसुरमा दोषी पाइएपछि कारवाही गरिएको हो ।

महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालका अनुसार मापसे गरी सवारी साधन चलाउने ७६ जनासहित कुल १,९१५ जना चालकलाई कारवाही गरिएको हो ।

ट्राफिक प्रहरीले पछिल्लो समय लेनअनुशासन उल्लंघन गर्ने, जथाभावी हर्न बजाउने चालकलाई समेत कारवाही गर्न थालेपछि दैनिक कारवाहीमा पर्ने चालकको संख्या सरदर १,५०० भन्दा माथि नै हुने गरेको छ ।

विगत २४ घण्टामा उपत्यकामा गम्भीर प्रकृतिका सवारी दुर्घटना नभएको महाशाखाले जनाएको छ ।


प्रकाशित | २०७४ मंसिर १२ प्रकाशित ०२:०५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ