उदयपुरमा एम्बुस थाप्ने मुख्य योजनाकार प्रहरी नियन्त्रणमा

१४ मंसिर २०७४, बिहीबार ०८:३१


मंसिर १४ ,उदयपुर ।

उदयपुरको उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले आफनो नियन्त्रणमा लिन सफल भएको छ । एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताएका छन् । साथमा उनिहरुले प्रयोग गर्दै आएको मोटरसाईकललाई समेत नियन्त्रण्मा लिईएको छ । एम्बुस थाप्ने कार्यमा संलग्न अन्यको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको भट्टले बताएका छन् । हिजो उदयपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेसीको जंगलमा एम्बुस थापेपछि कार्र्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियोे । एम्बुसबाट सख्त घाइते कार्की र उनका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए ।