अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नेपाल सम्बत ११३८ न्हुदया भिन्तुना भब्यताकासाथ सम्पन्न

२६ कार्तिक २०७४, आईतवार १२:५९

खेम भट्टचन

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नेपाल सम्बत ११३८ न्हुदया भिन्तुना भब्यताकासाथ मनाइएको छ।

 

नेवा अर्गनाईजेसन अफ अमेरिका द्वारा आयोजित नेपाल सम्बत ११३८ न्हुदया भिन्तुना कार्यक्रम राजधानी वाशिंगटन डिसी देखी पांच मिनेटको दुरीमा रहेको म्यारिल्याण्डको बेथेस्दामा यही नोभेम्बर ११ तारिख  शनिबारका दिन आयोजना गरिएको थियो। अमेरिकाका लागी नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले पानसमा बत्ती बालेर कार्यक्रम ऊद्घाटन गरेका थिए । प्रमुख अतिथीको मन्तब्यमा राजदुत डा कार्कीले नेपाल देखी टाढा आएर पनी नेपालको नेवा संस्कृतीको सम्बर्धनको लागी निरन्तर गरिएको क्रियाकलापहरुको प्रसंशा गर्दै नेवा अर्गनाईजेसन अफ अमेरिकालाई नेपाल सरकारको तर्फबाट धन्यबाद दिए ।

 

वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठ एक मात्र बक्ता रहनुभएको उक्त शभामा नेपाल सम्बतको जन्मदाता संखधर साख्वाको बिषयमा डा महेस्वोर बैध्यले एक कार्यपत्र प्रस्तुत गरेका थिए।  हाल नेपालमा प्रचलनमा रहेको नेपाली भाषा भन्दा नेपाल सम्बत धेरै पहिले देखीको नेपाली भाषा भएको प्रमाणहरु डा बैद्यले प्रस्तुत गरेका थिए।  प्रथम उपाध्यक्ष पुस्कर प्रजापतीले स्वागत भाषण र द्वितीय उपाध्यक्ष सुशिल लाल श्रेष्ठले धन्यबाद ज्ञापन गरिएको उक्त शभा अध्यक्ष बबिता श्रेष्टको अध्यक्षतामा भएको थियो।

नेवा अर्गनाईजेसन अफ अमेरिकाका सक्रिय कार्यकर्ताहरु राजेश लाल श्रेष्ठ, महिन्द्र प्रधान, दिवाकर धौमडेल , यज्ञमान श्रेष्ठ , ऊदय श्रेष्ठ , मिना प्रधान लगायतका कार्यकर्ताहरुको ब्यबस्थापन राम्रो थियो।  धिमे बाजा बजाउँदै गरिएको सुकुन्दा र्याली, नेवा समुदायको स्वादिस्ट परिकार समयबजी, नेवा भोज र नेवा कथाको नाटक मन्चन सहितको बिबिध सांस्कृतिक कार्यक्रम नेपाल सम्बत ११३८ न्हुदया भिन्तुना को आकर्षण थिए।