अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको ’bout युनिसेफले चिन्तित्

मंसिर ४, काठमाडौं । अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ ।

Young Afghan children of the Nawbot village look watch in bewilderment as U.S. Army soldiers conduct a routine patrol of their village.

यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ ।  अफगानिस्तानमा आजका मितिसम्म पनि कम्तीमा ३५ लाख बालबालिका विद्यालयबाहिर रहेका छन् भने उनीहरुले राम्रो र पोषणयुक्त खानेकुराबाट पनि बञ्चित रहेका छन् ।  अफगानिस्तानका लागि युनिसेफका आवासीय प्रतिनिधि अदेले खोदरले भन्नुभयो– सशस्त्र द्वन्द्वका कारण लामो समयदेखि समस्यामा परेको अफगानिस्तानका बालबालिकाको अवस्था बिगतको तुलनामा नसुध्रिएको उहाँले बताउनुभयो ।  अफगानिस्तानमा गएको डेढ दशकभन्दा लामो समयदेखि हिंसा जारी छ । सो हिंसाका कारण यहाँको सामाजिक आर्थिक अवस्थामा पनि नराम्रो प्रभाव परिरहेको छ ।

 

यसैकारण पनि यहाँका बालबालिका आधारभूत आवश्यकताको प्राप्तिबाट बञ्चित हुन पुगेका छन् । यहाँका बालबालिकामध्ये बढी असर बालिकामा परिरहेको देखिएको छ ।  विद्यालय बाहिर रहेका भनिएका ३५ लाख बालबालिकामध्ये करिब ७५ प्रतिशत बालिका रहेका छन् ।  विद्यालय जाने गरेका बालबालिका पनि १२ देखि १५ बर्षको उमेरभित्रमा नै उनीहरुले विद्यालय छोड्ने गरेका छन् ।  अफगानिस्तानमा विश्वमा नै सबैभन्दा बढी साना विद्यार्थीले सानैमा विद्यालय छोड्ने गरेका छन् ।   यहाँका बालबालिका पोषणयुक्त खानेकुराको अभावमा बाँचेका बताइन्छ । हालै गरिएको एक सर्वेक्षणकाअनुसार अफगानिस्तानका करिब छ लाख बालबालिका चरण कुपोषणमा बाँचेका छन् ।

 

उनीहरुलई सबैभन्दा बढी देशको आन्तरिक द्वन्द्व र हिंसाले असर पारिरहेको युनिसेफले जनाएको छ । उनीहरुको अवस्थाको सुधारका लागि पनि सो संस्थाले आग्रह गरेको छ ।  युद्धका बेलामा पनि बालबालिकालाई शिक्षा, स्वास्थ्य र उनीहरुका आधारभूत आवश्यकतामा कुनै कमी आउन नदिई कामगर्न अफगानिस्तानको सरकार तथा सशस्त्र समूहलाई आग्रह गरेको छ ।  त्यसैगरी विश्वका दाताराष्ट्रहरुलाई पनि यहाँका बालबालिकाको अवस्था सुधारका लागि सहयोग पु¥याउन पनि सो संस्थाले आग्रह गरेको छ ।


प्रकाशित | २०७४ मंसिर ४ प्रकाशित ०४:५६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ