
कात्तिक १३, काठमाडौं । मंगलबार देखि आपूर्ति मन्त्रालयमा हाजिर गर्ने गरि नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तानिएको छ । जग्गा खरिद प्रक्रियाको प्रमाण नष्ट गर्न सक्ने भन्दै मन्त्रलयले उनलाई मन्त्रालयमा तानेको हो ।
अहिले पनि जग्गाको अनियमितता सम्बन्धमा अख्तियार लगायतले अनुसन्धान गरिरहेको छ । सोमबारको मन्त्रीस्तरिय निर्णयद्धारा खड्कालाई मन्त्रालय तानेका मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौड्यालले बताए ।
विभिन्न संसदिय समिति तथा मन्त्रालयले आयल निगमको जग्गा खरिद प्रक्रियामा खड्काले आर्थिक अनियमितता गरेको ठहर गरेको थियो । त्यसपछि सरकारले केही समयअघि मात्र उनलाई बर्खास्त समेत गरेको थियो । पछिल्लो समय सर्वोच्च अदालतमा पदबहालीको मुद्दा जितेपछि खड्का पूनः निगमको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका थिए ।