कटारीमा सुमो दुर्घटना, ४ को मृत्यु

१३ कार्तिक २०७४, सोमबार ०९:३१

कात्तिक १३, उदयपुर । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको सुमो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट खसेको स्थानीयबासीले बताएका छन् । तर प्रहरीले भने पुष्टि गर्न नसकिने बताएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले दिएको जानकारी अनुसार सुमो सडकबाट खसेको छ र प्रहरी घटनास्थलमा पुग्ने क्रममा छ ।

उनले स्थानीयवासीले फोन गरेर टिपाएको खबर अनुसार चार जनाको मृत्यु भए पनि पुष्टि भइनसकेको प्रष्ट पारे । घटनाको आधिकारिक विवरण आउन बाँकी छ ।