आयोखबर
१३, चक्रपथ सरसफाई महाअभियान अन्र्तगत शनिवार सफाई कार्यक्रम सितापाइला बाफल पुगेको छ ।
उक्त अभिायनका अभियानकर्ता वरिष्ठ कलाकार श्रीकृष्ण सिम्खडाले आफु निरन्तर रुपमा सफाई अभियानमा सहभागी भएको बताएको छ । २०७१ बाट सुरु भएको अभियान सफलताको मोडतिर लम्केको भन्दै कलाकार सिम्खडाले अब यस अभियानले टोल–टोलमा सरसफ़ाईले एउटा ठुलो जागरण ल्याएको उल्लेख गरे । सरसफाई अभियान समाजलाई नै सफाई गर्ने अभियान हो । यस अभियानले सास्कार बसाल्न सहयोग पु¥याउने भएकाले यसलाई आम नेपालीले मनन गर्न आग्रहद गरे ।
समाज परिवर्तनका लागि व्यक्ति जागरुक हुनुपर्ने बताउदै परिवर्तन हामी बाट, परिवर्तन सड़क र सरसफ़ाईबाट भन्ने अभियान सुरु गरेको उल्लेख गरे ।
हरेक शनिवार विहान ७ बजेदेखि ९ बजेसम्म चल्ने चक्रपथ सरसफाइ अभियानका लागि तारा बहादुर कुँवरले संयोजकको भूमिका निभाएका छन् । प्रत्येक हप्ताचाँही गत शनिवार पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नागरिक समाज, सञ्चारकर्मी, कलाकार तथा स्थानीयवासीहरुको सहभागी भएको छ ।