
कात्तिक ११, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् ।
९० केजी तौल समूहमा कार्कीले १६० केजी भारबहन गर्दै स्वर्णपदक प्राप्त गर्न सफल भएका हुन् । उनले भारतीय खेलाडीहरुलाई पछि पारेका थिए ।
सन् २०१५ मा दिल्लीमा नै भएको विश्व पावरलिफ्टिङमा पनि बुद्धिले रजतपदक प्राप्त गरेका थिए ।
यसअघि, सोही प्रतियोगितामा बाबु ज्ञानेन्द्र नकर्मी र छोरा रोजिन नकर्मीले पदक हात पार्दै एकै प्रतियोगितामा बाबु–छोराले पदक प्राप्त गरेको इतिहास रच्न सफल भएका थिए ।
ज्ञानेन्द्रले मास्टरतर्फ रजत र रोजिनले कास्यपदक हात पारेका थिए । ७५ केजीमा प्रतिस्पर्धा गरेका प्रकाश केसीले भने कुनै पदक प्राप्त गर्न सकेनन् ।