टिभिएस जुपिटर मिसटिन कलेज ताज स्वातीलाई

१० कार्तिक २०७४, शुक्रबार १५:५७

काठमाडौं । सिजन मिडियाले राजधानीमा विहिबार साँझ आयोजना गरेको ‘मिस टिन कलेज २०१७ मा रिलायन्स कलेजमा विविएस तेस्रो वर्षमा अध्ययनरत १९ वर्षिय स्वाती श्रेष्ठले शीर्ष ताज जितेकी छन्। उनले विधागत तर्फको ‘मिस मल्टीमिडियाको अवार्ड पनि आफ्नो पोल्टामा पारिन् भने उपहार स्वरुप टिभिएस जुपीटर स्कुटर पनि जितिन ।

प्रतियोगितामा लुना प्रधान फष्ट रनरअप र विधागत तर्फ अर्गनाइजर च्वाइस हात पारिन भने दिक्षा थापा सेकेण्ड रनरअप साथै मिस पर्सनालिटी अवार्ड पनि जितिन, अनिता खड्का थर्ड रनरअप र सृर्पा महर्जन फोर्थ रनरअप भए संगै वेष्ट ईस्टाइलीस अवार्ड पनि हात पारिन्।

विधागततर्फ रोइसा श्रेष्ठ ‘मिस ट्यालेन्ट’ बने। रुपीना तामाङ ‘मिस पपुलर’, सोनी श्रेष्ठ मिस क्रिएटिभ पोल्टामा पार्दा सुस्मा कार्की मिस फेन्डसिप , प्रकृति जिमा मिस फोटो जेनिक, सुचीता अधिकारी मिस हेल्दी स्माइल, अस्मीता भण्डारी मिस डिसिप्लिन, रेसु श्रेष्ठ भ्युअर्स च्वाइस, प्रविना मर्हजन बेष्ट हेयर घोषित भए।

प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा ,नेपाल प्रहरी स्कुल साँगा काभ्रेका प्रिन्सिपल नवीनमान श्रेष्ठ, कंगरु एजुकेशनका प्रवन्ध निर्देशक महेश वावु तिमलसिना, पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगर, मिस एयर होस्टेज २०१० विजेता काजल खड्का, फिल्म निर्देशक जनकदीप पराजुली, वेष्ट क्राफ्ट डिजाइनर हरि सेन्चुरी रहेका थिए।

प्रतियोगितामा विजेताले ‘ मिस टिन कलेज’ कोे ताज र उपाधि सहित टिभिएस जुपीटर स्कुटर र हाम्रो यस प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि छात्रावृक्ति पाइन भने ।नेपाल एयर होस्टेज एकाडमीमा एयर होस्टेज तालिमको लाथि रु ३५ हजार वरावरको छात्रा्वृति प्राप्त गरिन्।
त्यस्तै गरि फस्ट रनर अपले लाभा मिनि स्माट फोन र सेकेण्ड रनर अपले भने एमआई स्माट मोवाइल फोन, नेपाल एयर होस्टेज तालिम केन्द्रमा ३५ हजार बरावरको एयरहोस्टेज तालिम हात पारिन्।