कास्कीको अन्नपूर्ण माध्यमिक विद्यालयलाई बेलायतबाट आठ लाख सहयोग

१० कार्तिक २०७४, शुक्रबार १५:१७

कात्तिक १०, काठमाडौं । बेलायतका समाजसेवी एवं व्यवसायी सूर्य गुरुङले कास्कीको एउटा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।गुरुङले अर्मला ६ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

एनआरएनए यूके पूर्व अध्यक्ष एवं गोर्खा प्यालेस रेष्टुरेन्टका सञ्चालक सूर्य गुरुङले हालै उक्त विद्यालयलाई आठ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम विद्यालयको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ ।

गुरुङले आफ्नो रेष्टुरेन्टमा वर्षेनी वार्षिकोत्सव गरि ग्राहकबाट संकलित रकम विभिन्न च्यारिटीमा खर्च गर्दै आएका छन् । उक्त रेष्टुरेन्टले १८ औं वार्षिकोत्सवसम्म आइपुग्दा च्यारिटी गरेर करिब ६५ लाख रुपैयाँ विभिन्न क्षेत्रमा सहयोग गरिसकेको छ ।