निर्वाचन गराउन ५ अर्ब निकासा

१० कार्तिक २०७४, शुक्रबार ०१:३५

कात्तिक १०, काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ५ अर्ब रुपैयाँ रकम निकासा गरेको छ ।

निर्वाचनका लागि ठूलो परिमाणमा रकम आवश्यक पर्ने देखिएपछि अर्थ मन्त्रालयले निर्वाचन आयोगले माग गरेअनुसार पहिलो चरणमा ५ अर्ब रुपैयाँ निकासा दिएको समाचार आजको कारोबार दैनिकमा छापिएको छ । रकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्ने गरि मंसिर १० र २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनका लागि ५ अर्ब बजेट निर्वाचन आयोगलाई निकासा दिइसकेको बजेट महाशाखाका उपसचिव ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।

 

अन्य निकायबाट बजेट माग आउने क्रम जारी रहेको पनि जानकारी दिए ।  अर्थमन्त्रालयले यस अघि तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि १० अर्ब २९ करोड रुपैयाँ बजेट निकासा दिएको थियो । सरकारले आउँदो प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि भन्दै ३१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।