चिनियाँ कम्युनिष्ट पार्टीमा नयाँ नेतृत्व, कोको परे शीर्ष स्थानमा ?

८ कार्तिक २०७४, बुधबार ०७:५१

कात्तिक ८, काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनले राष्ट्रपति शी जिनपिङलाई पुनः महासचिवमा निर्वाचित गरेको छ ।


लगत्तै राष्ट्रपति शीले शीर्ष नेताहरूको नाम सार्वजनिक गरे । जुन सात सदस्यीय स्थायी कमिटिी हो । उनीहरू अब चिनका शक्तिशाली नेता भएका छन् ।

 

स्थायी कमिटीमा आएका मध्ये ५ नयाँ हुन् । राष्ट्रपति शीसँगै प्रधानमन्त्री लि खछ्याङ बाहेक अरु नयाँ हुन् । लि झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लिजी र हान झाङ छन् ।

 

सामान्यतया स्थायी समितिमा एक उदयीमान नेतालाई पछि ल्याइन्थ्यो । तर, शीले यो परम्परा तोडेका छन् ।

 

यो पटक स्थायी कमिटीमा आउने अपेक्षा गरिएका ग्वानडोङका पार्टी प्रमुख हु चुनवा र चोनचिङ पार्टी प्रमुख चेन मिनर अटाएनन् । उनीहरु दुबैलाई सीको सम्भावित उत्तराधिकारीका समेत हेर्न थालिएको थियो । तर, अब त्यो सम्भावना रहेन ।