नायिका शिल्पा नयाँ चलचित्र ‘आर्या’ मा अनुवन्धित

८ कार्तिक २०७४, बुधबार ०५:२१

कात्तिक ८, काठमाडौं । नायिका शिल्पा पोखरेल एक नयाँ चलचित्रमा अनुवन्धित भएकी छिन् । उनले, काम गर्न लागेको नयाँ चलचित्रको छायांकन केही दिनमै सुरु हुनेछ । एक चर्चित कृतीमाथि बन्न लागेको चलचित्रमा शिल्पा देखिनेछिन् । यो चलचित्रको मंगलबार शुभसाइत गरिएको छ । चलचित्रको नाम ‘आर्या’ राखिएको छ । श्री तिमिल्सिना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा शिल्पा शिर्ष भूमिकामा देखिन लागेकी हुन् ।  चलचित्रलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गर्दैछन् । धर्मराज श्रेष्ठले लगानी गर्न लागेको चलचित्रमा अनुपविक्रम शाही, रवि गिरी, सुशिल पोखरेल, गीता अधिकारी, निरञ्जन शर्माकोको पनि मुख्य भूमिका रहनेछ ।

 

दिव्यराज सुवेदीको छायांकन रहने चलचित्रमा राम सिटौलाले संगीत भर्नेछन् । चलचित्रको छायांकन काठमाण्डौ र काठमाण्डौ बाहिरका विभिन्न स्थानमा हुने निर्माणपक्षले बताएको छ । यो चलचित्र नेपाली नारीमाथि राणाकालमा भएको यौन शोषण र ज्यादतीको कथामा आधारित छ । यो चलचित्रमा काम गर्न पाउँदा नायिका शिल्पा पोखरेल निकै खुशी देखिएकी छिन् । यो चलचित्रको लेखन लक्ष्मण सिटौलाले गरेका हुन् ।