राष्ट्रपति भण्डारी र राजदूत पटेलको शिष्टाचार भेट

७ कार्तिक २०७४, मंगलवार १२:१३

कात्तिक ७, काठमाडौँ । नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नदिर पटेलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न शिष्टाचार भेट गरेका छन् ।

भेटमा नेपाल र क्यानाडाबीचको सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।