सन्तोष निरा
जिन्दगी मतलबी पक्कै भा’को छ
पलपलमा अर्थ खोज्दै आ’को छ ।
नगरौँ भन्या काम गर्नु प¥या छ
नमिलेर हिसाब घाटा खा’को छ ।
छोडौँ भने पनि छोड्नै सकिन्न त्यो
सम्हाल्नै पर्छ त लगानी ला’को छ ।
खै हुने हो कस्तो त्यो बाली खेतको
हरेक दिन धाउन त धा’को छ ।
फर्काउन काँ’ सक्नु बगेको खोला
एकोहोरो ओरालो गा’को छ ।