कलाकार सिम्खडा भन्छन् – “समाज परिवर्तनविना हाम्रो जीवनको परिवर्तन असम्भव छ”

२९ आश्विन २०७४, आईतवार १५:२५

असोज २९, काठमाडौं । चक्रपथ सफाई अभियान ९ हप्तामा आईपुग्दा सफाई अभियानमा सहभागीको संख्या निकै उत्साहजनक देखियो ।

अभियानका संरक्षक तथा राष्ट्रिय कलाकार श्रीकृष्ण सिम्खडा कुच्चो र साबेल बोकेर फोहोर उठाउने केन्द्रमा पुगि हाल्छन् । हेभी इवइपमेन्ट महासंघका तारा बहादुर कुँवर अभियानको संयोजक छन् । अभियानलाई जनतासंग प्रत्यक्ष जोड्न ताराबहादुर रातदिन लागेका छन् । सञ्चार जगतले पनि यो अभियानलाई उत्तिकै महत्वपूर्ण भूमिका खेलेको उनी बताउछन् ।

त्यस्तै सत्यवादी आर्दश चिन्तानलाई आफ्नो जीवनको प्राण मान्ने कलाकार सिम्खडा यसरी सफाईमा जुट्नुले भोलीका दिनमा काठमाडौं मात्र होईन पुरै मुलुकको सफाई हुन धेरै समय कुर्नु नपर्ने बताउँछन् । निडर र हक्की स्वभावका सिम्खडा कोहीसंग लत्रिदैनन् समाज परिवर्तनविना हाम्रो जीवनको परिवर्तन असम्भव छ भन्छन् । हाम्रो पनि शुभकामना छ सर्वसाधारण नागरिक, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, जनप्रतिनिधि र सम्पूर्ण अभियन्ताको सधै समाज परिवर्तनमा यसरी नै साथ सहयोग रहोस् । आयोखबर परिवार